राजनीति

जलहरी प्रकरणमा अख्तियारले आवश्यक निष्कर्ष निकाल्छ : मन्त्री किराती

इकागज |
असार ११, २०८० सोमबार १६:२९ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिनाथको जलहरीका विषयमा अख्तियारले आवश्यक निष्कर्ष निकाल्ने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जलहरीका विषयमामा अनुसन्धान गरेको अख्तियारले छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् । अख्तियारले छानबिन गरेको विषयमा थप प्रतिक्रिया नदिने उनको भनाइ छ । उनले पशुपतिको दानपात्रका विषयमा छानबिन समिति गठन गरेर प्रतिवेदन प्रहरीसमक्ष बुझाएको भन्दै प्रहरीले थप अनुसन्धान गर्ने जिकिर गरे ।


त्यस्तै एमाले सचेतक महेश बर्तौलाले पशुपतिनाथको जलहरीका विषयमा अख्तियारले अनुसन्धान गरिरहेको भन्दै पार्टीले सहयोग गर्ने बताए । पशुपतिनाथको जलहरी प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको उनको भनाइ छ । उनले एमालेको शक्ति सामर्थ्य र प्रभाव देखेर नै विरोध गरिएको जिकिर गरे ।

त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले पशुपतिनाथको जलहरीका विषयमा अख्तियारले गरेको अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने र भ्रष्टाचार गरिएको देखिए दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

पशुपतिनाथको जलहरीका विषयमा अख्तियारले अनुसन्धान गर्दै आइतबार नापजाँच गरेको थियो । 


Author

थप समाचार
x