राजनीति

सिजनमै किसानलाई मल दिन नसके सरकारले न्याय दिएको ठहरिँदैन : सांसद कार्की

इकागज |
असार २१, २०८० बिहीबार १८:२४ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै किसानहरूलाई रासायनिक मल उपलब्ध गराउन नसके समितिको छलफलको सार्थकता नरहेको बताएका छन् ।​ बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको सिजनमा समयमा नै मल दिन नसके किसानप्रति सरकारले न्याय गरेको नठहरिने जिकिर गरे । सरकारले बजेट वा अन्य कुनै पनि बहानामा मल कृषकलाई दिन नसक्नु समग्र कृषि प्रणालीकै लागि राम्रो नहुने बताए । उनले मल वितरण प्रणालीमा कुनै अनियमितता भएको भए अनियमितता गर्नेहरूलाई कारबाही गर्न आग्रह गरे ।


सांसद कार्कीले नेपाल अनुदानको संस्कृतिमा रमाउने कुरामा बढी केन्द्रित हुँदै गएको र देशका उर्वर जमिनलाई सुख्खा जमिनमा परिणत गर्ने संस्कृति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । 


Author

थप समाचार
x