राजनीति

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

इकागज |
असार २८, २०८० बिहीबार ६:४१ बजे

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ ।​ संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १० बजे बस्नेछ । हिजाे स्थगित भएकाे बैठक आज बस्न लागेकाे हाे । 

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८०  पारित हुदैँछ । 


जसअनुसार आजको बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ । 


Author

थप समाचार
x