राजनीति

सरकार ढाल्न केही व्यक्तिहरू धुप हालेर हिँडेका छन् : प्रधानमन्त्री प्रचण्ड

इकागज |
भदौ ८, २०८० शुक्रबार १८:२० बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान सरकारले राम्रा काम गरेका कारण वर्तमान सरकार ढाल्न केही व्यक्तिहरू धुप हालेर हिँडेको बताएका छन् ।

शुक्रबार पर्साको विरगंजमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न प्रकरणको फाइल खोल्नेदेखि विभिन्न क्षेत्रमा सरकारले राम्रा काम गरेकाले एक थरी मान्छेहरू वर्तमान सरकार ढाल्न धुप हालेर हिँडेको बताएका हुन् । उनले अब आफूलाई मुलुकका लागि राम्रो बाहेक अरु केही गर्नु नभएको जिकिर गरे ।


जीवनको उत्तरार्द्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झने लायक काम गर्ने विचार रहेको भन्दै प्रचण्डले देशका लागि राम्रा काम गरेर ढुक्कसँग मर्ने रहर मात्रै रहेको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सुदृढ गर्दै मोर्चाले समाजवादीको क्रान्ति गर्ने स्पष्ट पारे । विश्वभरका नेपाली राजदूतहरूलाई काठमाडौँ बोलाएर विदेशमा जाने प्रक्रियालाई पारदर्शी तवरले अघि बढाउने निर्णय गरिएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय सुशासन र समृद्धिका निम्ति सरकार निरन्तर अघि बढ्ने बताए । 


Author

थप समाचार
x