राजनीति

सिआइबीको दाबी : यी हुन् सुन तस्करी गर्न चिनियाँ गिरोहले काठमाडाैंमा खोलेका ७ कम्पनी

इकागज |
भदौ २७, २०८० बुधबार १२:५३ बजे

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरोले नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको दाबी गरेको छ। अनुसन्धानका क्रममा चिनियाँ गिरोहले विभिन्न नेपालीहरुको नाममा ७ कम्पनी स्थापना गरेर सुन तस्करी गरिरहेको निष्कर्ष निकालेको हो ।

तस्करी गर्दैगर्दा त्रिभुवन विमानस्थलबाट उम्किसकेर सिनामंगलबाट बरामद गरिएको ६० किलो सुन तस्करीको अनुसन्धानमा खटिएका एसपी सञ्जयसिंह थापाले गिरोहले नेपालमा खुलेका ७ मध्ये ६ वटा कम्पनीबाट सुन तस्करी भएको दाबी गरे ।


टासी भनिने थुप्तिङ छिरिङले हर्कराज राईमार्फत विभिन्न व्यक्तिहरुको नाममा कम्पनी खोलाएको उनले बताए । उनीहरुले ती कम्पनीर्ला रखेदेख गर्ने गरेकोसमेत थिए ।

सिआइबीका अनुसार बालुवाटारमा दिलिप भुजेलको नाममा रेडि ट्रेड प्राइचेट लिमिटेड, सरिता तामाङको नाममा सरिता सप्लायर्स, सामाखुशीमा कुमार भुजेलको नाममा ह्वादा इलेक्ट्रोनिक्स सप्लायर्स प्रालि स्थापना गरिएको छ ।

त्यस्तै बुढानिलकण्ठमा लेखनाथ कार्कीको नाममा छुन्गाक इलेक्ट्रिक सप्लायर्स प्रालि, चावहिलमा रामकुमार चभुजेलको नाममा भुजेल इन्टरप्राइजेज प्रालि, लाजिम्पाटमा विकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रोनिक्स सप्लायर्स प्रालि र बाँसबारीमा रामबहादुर भुजेलको नाममा पोवाती इलेक्ट्रोनिक्स सप्लायर्स प्रालिनामको सक्पनी स्थापना गरेर सुन तस्करी भइरहेको सिआइबीको दाबी छ ।


Author

थप समाचार
x