राजनीति

कूटनीतिक दौडधुप

कहिले ओली, कहिले दाहाल फकाउँदै यान्छी

इकागज |
मंसिर ८, २०७७ सोमबार १२:५२ बजे

काठमाडौं : चिनियाँ राजदूत होउ यान्छीले सत्तरुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दै सम्बन्धमा सन्तुलनको प्रयास गरेकी छन् । प्रधानमत्री एवं नेकपा अध्यक्ष केपी  शर्मा ओली भेटेपछि विवादित बनेकी राजदूत यान्छीले दाहालसँग भेटेर भेटघाटको सन्तुलन कायम गर्न खोजेकी हुन् ।

नेकपाको आन्तरिक झगडा मिलाउन सक्रिय झै रहेकी राजदूत यान्छीले आरम्भमा ओलीलाई भेटेकी थिइन् । हुन त, उनले चिनियाँ विदेशमन्त्री वेइ फेङहेको नेपाल भ्रमणको विषयमा कुरा गर्न भए पनि खासमा कम्युनिस्ट फुटेर होइन जुटेर अघि बढ्न सुझाएकी छन् ।


र, यो पनि
- ओलीलाई चीनको सन्देश : सत्ता छाड तर पार्टी नफुटाऊ

उनले प्रायः सबै नेतासँगको भेटमा आफ्नो मुलुकको नेताको सन्देशसमेत सुनाउने गरेकी छन् । सचिवालयका अनुसार राजदूत यान्छी सोमबार बिहान दाहाललाई भेट्न खुमलटार पुगेकी हुन् । दाहाल र यान्छीबीच दुई देश चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीचका सम्बन्धका विषयमा कुराकानी भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

उनकाअनुसार यान्छीले ढिलो भए पनि दसैँ, तिहार र छठको शुभकामनासमेत दिएकी थिइन् भने दुईपक्षीय सहयर्का र भेटबारेमा छलफल गरेकी थिइन । नेकपा विवाद उत्कर्षमा पुगेका बेला राजदूत यान्छी-दाहाल भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीले सक्रियता देखाउने गरेकी थिइन् ।

अर्को साता चिनियाँ रक्षा मन्त्री वेइ फेङहेको भ्रमणमा हुने आपसि भेटघाटदेखि अन्य सहकार्यको विषयमा समेत छलफल भएको थियो । 

यान्छीले केही समयअघि ओलीलाई भेटेर पार्टी विभाजन रोक्न सुझाव दिएकी थिइन् भने आफूले पनि सबै नेतालाई सम्झाउन प्रयास गर्ने बताएकी थिइन् । उनले घुमाउरो शैलीमा ओलीलाई सत्ताबाट बाहिरिएर भए पनि पार्टी विभाजन रोक्न सुझाएकी थिइन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको चाहना राजदूतले सुनाउँदै आएकी छिन् । उनले बाहिर नेताहरुलाई भेट्दा जहिले पनि भन्ने भाषा एकै छ, ‘सरकारमा पार्टीको व्यक्ति को हुन्छ त्यो ठूलो कुरा होइन, तर पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्छ । यसमा चीनले सक्दो सहयोग गर्छ । नेकपासँग चिनियाँ कम्युनिष्ट पार्टीको सहकार्य छ ।’

चीनसँग भएका सम्झौता सरकारले अघि नबढाएकोमा सापकोटासँग पटक-पटक हैरानी पोख्दै आएकी राजदूतले पनि ओलीसँग चीन खुशी नरहेको सन्देश दिएकी थिइन् । गत वैशाखमा नै चीनको यस्तो सन्देश पाएका ओलीले चीनभन्दा भारतसँग आफ्नो सहकार्य बढाएका थिए । यही पक्षधरको मूल्य ओलीले चुकाउन परेको विश्लेषण गर्न थालिएको छ ।


Author

थप समाचार
x