राजनीति

दुर्गा प्रसाईं भन्छन्- भोलिदेखि काठमाडौँ बन्द

इकागज |
मंसिर ७, २०८० बिहीबार १५:५५ बजे

काठमाडौँ - व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँ बन्दको घोषणा गरेका छन् । शान्तिपूर्ण आन्दोलन गर्ने भन्दापनि प्रहरीले हस्तक्षेप गरेपछि उनले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका हुन् ।

आजको बल्खुको आन्दोलनमा प्रहरीसँगको झडपमा आफ्ना केही समर्थक घाइते भएको पनि उनले बताए । प्रसाईंको आन्दोलनलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास, लाठी र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । 



Author

थप समाचार
x