राजनीति

प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका ३१ यात्रुसँग मन्त्री किरातीले माफी मागे

इकागज |
मंसिर १४, २०८० बिहीबार १९:१५ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधबार ३१ यात्रु छोडिएको प्रति माफी मागेका छन् ।​ बिहीबार काठमाडौँमा म्युजिक भिडियो म्युम्जमा ए सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरूलाई सरकारले नै होटलमा राखि आज गन्तव्यमा पुर्याएको बताए । उनले भिभिआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ताअघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको जिकिर गरे । उनले प्यासेन्जरहरूलाई मेल र फोन गरेर जानकारी गराए पनि फोन नउठाउने र मेल जाँच नगर्नेहरू समस्यामा परेको बताए ।


मन्त्री किरातीले युरोपियन युनियनको कालो सूचीमा देश करिब १३ वर्षअघिदेखि रहेको भन्दै अब खुल्ने चरणतिर प्रवेश गरेको बताए । १२ बुँदे चिठी पठाएको र १२ बुँदा पालना गरेको खण्डमा कालोसूचीबाट हट्ने बताए ।

 

 


Author

थप समाचार
x