राजनीति

घट्यो पेट्रोल र डिजेलको मूल्य

इकागज |
मंसिर १४, २०८० बिहीबार २१:३३ बजे

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको छ । बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको हो ।

एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएकाे छ ।


नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।

यस्तै डिजेल र मट्टितेल क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्ने निगमले जनाएकाे छ ।


Author

थप समाचार
x