राजनीति

मेचीमा बालेको दियो वसन्तपुरमा बालेर हिन्दुराष्ट्र घोषणा गर्छौ : दुर्गा प्रसाईं

इकागज |
मंसिर १७, २०८० आइतबार १४:१० बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नागरिक सरकार गठन गर्ने घोषणा गरेका छन् । 

आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाँउगाँउ वडादेखि आफूहरुको अभियानलाई शसक्त बनाउने निर्णय गरिएको जानकारी दिए । उनले वैदिक सनातन सापेक्षमुलुक बनाई राजसंस्थाको मुद्दालाई थप स्थापित गराउन मेचीमा बालेको दियो फागुन १ गते काठमाडौँको वसन्तपुरमा ज्ञानेन्द्र शाहकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र सहित परिवर्तनको घोषणा गर्ने जिकिर गरे । 


महाभियानको दवावमूलक कार्यक्रम आफुहरुको माग पुरा गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनका लागि भएको उनले बताए । 

उनले आफूहरुको यसअघिको आन्दोलन निकै सफल भएको भन्दै अबको आन्दोलन विकेन्द्रित हुने जानकारी दिए । उनले बैंक तथा लघुवित्त र बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने , अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने लगायतका मागहरु रहेको बताए । 


Author

थप समाचार
x