राजनीति

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

इकागज |
मंसिर १८, २०८० सोमबार १७:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना नेताविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ ।

सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । उनीहरूविरुद्ध चार वर्षअघि उक्त मुद्दा दायर भएको थियो ।


विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला अदालत काठमाडौँले सोमबार गोरखापत्रमा प्रकाशन गरेको सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा ३५ दिनभित्र अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

२०७६ असोज ९ गते दायर भएको मुद्दामा उनीहरूमाथि संघीय इकाइहरूबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ ।


Author

थप समाचार
x