राजनीति

धनगढीमा प्रधानमन्त्रीलाई १० बुँदे मागसहित १० किलोको माला

इकागज |
मंसिर २२, २०८० शुक्रबार १८:४४ बजे

धनगढी- कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० किलोको माला लगाइएको छ ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका-१ मा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई १० किलोको माला लगाइएको हो । 


महोत्सवको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका छन् ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । शुक्रबार महोत्सवको १७ औं संस्करणको अवसरमा प्रधानमन्त्री दाहाललाई १० बुँदे मागपत्र बुझाइएको छ ।  


Author

थप समाचार
x