राजनीति

ऊर्जामन्त्री भन्छन् - मुलुकको अर्थतन्त्र सुधारको बाटोमा छ

इकागज |
मंसिर २३, २०८० शनिबार २१:३२ बजे

फाइल तस्बिर

म्याग्दी- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका छन् ।

समाजवादी मोर्चा म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको सन्देश सभामा मन्त्री बस्नेतले सरकारको इमानदार प्रयासका कारण मुलुकको आर्थिक अवस्था पुनः लयमा फर्किन थालेको दाबी गरे ।


आर्थिक संकटबाट गुज्रिएको मुलुकलाई सुधारको बाटोतर्फ लैजान निकै चुनौती रहेकोमा सरकारको इमानदार प्रयास र प्रतिबद्धताका कारण त्यसमा सुधार आएको उनले बताए ।

विनासशकारी भूकम्प, संविधान निर्माणलगत्तै नाकाबन्दीको सामना, कोभिड महामारी, विश्व राजनीतिक अवस्था र प्राकृतिक विपत्तिलगायत विविध कारणले मुलुकको आर्थिक अवस्था निकै असहज अवस्थामा पुगेकोमा सरकारको प्रयासका कारण अहिले अर्थतन्त्रले लय समातिसकेको उनको भनाइ छ । ‘सरकार गठन भएपश्चात विकास निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रणका पक्षमा भएका इमानदार प्रयासले अर्थतन्त्रले सुधारको बाटो समातेको छ,’ उनले भने ।  

गत वर्षमात्र १० अर्बको विद्युत बिक्री गरेको र २० २० अर्बको खरिद गरिएको स्मरण गर्दै उनले भने, 'यस वर्ष हामीले १८ अर्बको विद्युत बिक्री गर्दैछौं । १० देखि १२ अर्बको मात्र विद्युत खरिद गर्दैछौ ।'

आगामी दुई वर्षभित्र नेपालले विद्युत बिक्रीमात्र गर्ने उनको दाबी छ । 


Author

थप समाचार
x