राजनीति

प्रविधिको विकासले सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा चुनौती थपियाे : प्रम दाहाल

इकागज |
मंसिर २४, २०८० आइतबार १६:३२ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रविधिको विकासले सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा चुनौती थपिएको बताएका छन् ।

मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार शीतल निवासमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकासले मानव समाजलाई थप सहज र सरल बनाएको भए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सिर्जना गरेको र चुनौती पनि थपिएको बताएका हुन् ।​ विश्वव्यापीकरण र खुला बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण वस्तु र सेवाको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति श्रृङ्खलाका विभिन्न चरणमा संलग्न श्रमिक र सीमान्तकृत समुदायको आधारभूत मानव अधिकारको सुनिश्चितताको विषय थप चुनौतीपूर्ण बन्न पुगेको उनले जिकिर गरे ।


प्रम दाहालले मानव अधिकारका आधारभूत मूल्य मान्यताहरूलाई वर्तमान समयका समस्या र चुनौतीहरूको सम्बोधन गर्ने अन्तर्राष्ट्रिय समुदायको आपसी सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखेको धारणा राखे ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले राजनीतिक अधिकारको सन्दर्भमा समावेशी प्रतिनिधित्वको नीति सकारात्मक देखिए पनि अर्थपूर्ण सहभागिताको विषय अझै पनि चुनौतीपूर्ण रहेको बताए ।

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रमा नेपालले स्वीकार गरेका सिफारिसहरू कार्यान्वयनको चरणमा रहेको उनले बताए । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x