राजनीति

लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

इकागज |
माघ २६, २०८० शुक्रबार २१:४३ बजे

मोरङ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशले  मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलनमा  महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् ।

न्यू सृष्टि दैनिकको १३ औँ वार्षिकोत्सव एवं  सम्मान कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशका जनताले गरेको आन्दोलनका  कारणमा मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको बताइन् ।


पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा बसोवास गर्ने विविध जातजाति, भाषाभाषी एवं संस्कृति अवलम्वन गरेका समुदायका बीचमा आपसी सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने काममा सञ्चार माध्यमले योगदान गर्नुपर्ने बताइन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग आज भएको पाँच बुँदे सहमतिले प्रदेशमा आजदेखि बन्द हडताल सधैंका लागि बन्द गरेको बताए ।

उक्त दैनिकका प्रधानसम्पादक एवं रासस सञ्चालक समितिका सदस्य शङ्कर खरेलले आगामी वर्ष आफ्नो पत्रिकाले दैनिकले  युवा वर्षका रूपमा मनाउने  बताए ।

वरिष्ठ कलाकार नीरविक्रम शाह, नायक विश्व बस्नेत, वरिष्ठ लोकगायक कुमार बस्नेत,अभिनेत्री शर्मिला मल्लले सम्पूर्ण राष्ट्रिय एकताका निम्ति नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x