राजनीति

बालुवाटार जग्गा प्रकरण

भाटभटेनीका मालिक मीनबहादुर गुरुङलाई २ वर्ष कैद सजाय

इकागज |
फागुन ३, २०८० बिहीबार २०:१८ बजे

काठमाडौँ- बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय सुनाएको छ । 

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो ।


'मोहीको भूमिकामा रहेका प्रतिवादीहरूको बयान समेतबाट अनधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरी सट्टा भर्नाको जग्गा प्रतिवादीहरू मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकालले नै आफ्नो र आफन्तको नाममा राजीनामा रजिष्ट्रेसन गरेको देखिएको अवस्था हुँदा सट्टा भर्नाको कार्यबाट गैरकानुनी लाभ लिने प्रतिवादीहरू मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) को कसूरमा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य प्रतिवादीसरह नै जनही २ वर्ष कैद र बिगो बमोजिम रु ८० लाख ४८ हजार जरिवाना हुने ठहर्छ,' विशेषको फैसलामा भनिएको छ ।


Author

थप समाचार
x