राजनीति

गठबन्धनको सरकारले नेपालको इज्जत र प्रतिष्ठान संसारमै बढायो : प्रधानमन्त्री प्रचण्ड

इकागज |
फागुन १२, २०८० शनिबार १७:२५ बजे

धनुषा- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान गठबन्धनको सरकारले नेपालको इज्जत र प्रतिष्ठान संसारमै बढाएको बताएका छन् ।

शनिबार धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सहभागिताको सुनिश्चिततामाथि संसारले प्रशंसा गरेको भन्दै गठबन्धनको सरकारले नेपालको इज्जत र प्रतिष्ठान बढाएको बताएका हुन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने प्रतिबद्धता जनाए ।


प्रधानमन्त्री प्रचण्डले तराईमा सिँचाइ, मल बिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने कार्यमा लग्ने बताए । नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठूला आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै उनले गेम चेन्जर आयोजनालाई अगाडि बढाइने उल्लेख गरे । उनले मधेस, पहाड र हिमालको एकतालाई सुदृढ गर्नका लागि सबैको पहिचान र अधिकारको लागि लडेको नाताले एक एकता कायम गर्न जिम्मेवारी आफ्नो रहेको जिकिर गरे ।

उनले पुल निर्माणमा बजेट व्यवस्था गर्न आफूले ध्यान दिने भन्दै निर्धारित दुई वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे । एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० र ७ दशमलव ५ मिटर चौडाइ रहेको छ । 


Author

थप समाचार
x