राजनीति

विकास निर्माणमा राजनीति नगरौँ : मन्त्री गुरुङ

इकागज |
फागुन १६, २०८० बुधबार १९:४ बजे

वालिङ (स्याङ्जा)- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाकोट-८ रत्नपुरमा आयोजना गरेको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा उनले सो आग्रह गरेका हुन् ।

'विकास निर्माण गर्दा सबैलाई समान ढङ्गले समेट्नु पर्छ, सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्छ, यसमा राजनीति गर्नु हुँदैन,' उनले भने । सबै दल मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।


एक दलले अर्को दललाई शत्रु ठान्ने प्रवृत्ति बढ्दै जानु गलत भएको मन्त्री गुरुङले उल्लेख गरे । 'पछिल्लो समय नेपाली राजनीतिमा गलत प्रवृत्ति बढ्दै गएको छ,' उनले भने । 

छलफलमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशसभाका पूर्वसदस्य भागवतप्रकाश मल्ल, वन तथा कृषि क्याम्पस चितवनका डीन डा अर्जुन श्रेष्ठ र चापाकोटका नगर प्रमुख देवबहादुर खाँणले चापाकोटमा कृषि क्याम्पसको आवश्यकता र महत्वबारे धारणा राखेका थिए ।


Author

थप समाचार
x