राजनीति

राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय भएको छैन : प्रधानमन्त्री

इकागज |
फागुन १७, २०८० बिहीबार १८:४५ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन् । 

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेपनि पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको बताएका हुन् । 


शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रिय सभाको अध्यक्ष बनाउन सक्ने आफूले केही समयअघि बताएपनि अहिले घटनाक्रमहरू भिन्न तरिकाले अघि बढेको उनले बताए । 

उनले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको धारणा राखे । त्यस्तै कांग्रेस महासमितिले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको कुरा विषय र जनयुद्धको बारेमा बेमौसमको बाजा लगायतले आशंका उत्पन्न भएको उनको भनाइ छ । 

त्यस्तै उनले भरतपुर विमानस्थल विस्तार गर्नका लागि संघीय सरकारबाट प्रक्रियागत सबै निर्णय भइसकेको बताए । 


Author

थप समाचार
x