राजनीति

जनताको साथ र सहयोग पाएको छु, तपाईँहरूको मतको गुण तिर्नुछ : स्वास्थ्यमन्त्री बस्नेत

इकागज |
फागुन १९, २०८० शनिबार २२:० बजे

सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका धेरै जनताको साथ र सहयोग आफूले पाएको भन्दै त्यसको गुण तिर्न बाँकी रहेको बताएका छन् ।

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २, पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा आज आयोजित नागी टासी छ्योलिङ गुम्बाको शिलान्यासका अवसरमा उनले धेरै जनताको साथ र सहयोग पाएर जनप्रतिनिधि भएको बताउँदै आफू हरतरहले जिल्लामा विकास निर्माणका आयोजना ल्याउन लागिपरेको जिकिर गरे । 


'छ महिना सञ्चारमन्त्री हुँदा यस जिल्लामा ५२ वटा टेलिफोन टावर बनाएकै हुँ । अहिले स्वास्थ्यमन्त्री भएकाले बेला ३९ वटा स्वास्थ्य संस्थाका भवन यस वर्ष निर्माण हुँदैछन् । अर्को वर्ष बाँकी स्वास्थ्य संस्थाका भवन निर्माण सम्पन्न हुनेछन्,' उनले भने, 'जनप्रतिनिधि भएपछि मुद्दा मामिलादेखि विकास निर्माणका साथै जनताको आपत्विपद्मा सबै काम गर्नुपर्छ, म त्यसका लागि निरन्तर लाग्ने व्यक्ति हुँ ।'

उनले सामाजिक काममा सबै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । 'निर्वाचनका समयमा सामुदायिक भवन, गुम्बा र मठमन्दिर निर्माणमा ध्यान दिन्छौँ भनेका थियौँ, त्यहीअनुसार रु १० लाख बजेट विनियोजन भइसकेको छ भने थप रु २० लाख विनियोजन हुनेक्रममा छ,' उनले भने ।


Author

थप समाचार
x