राजनीति

महिला सम्मेलनमा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी सुर्खेतमा

इकागज |
फागुन २०, २०८० आइतबार २१:३२ बजे

कर्णाली- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलोपटक हुन लागेको महिला सम्मेलनको उद्घाटनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आएकी छिन् । ११४औँ श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरको सिटी हलमा आयोजना हुने महिला सम्मेलन उद्घाटनका लागि पूर्वराष्ट्रपति भण्डारी आज सुर्खेत आएकी हुन् । 

सम्मेलनमा कर्णाली प्रदेशका ७९ स्थानीय तहका प्रमुख/उपप्रमुख, महिला नेत्री, आमा समूह तथा वडा समितिका अगुवा महिला सहभागी हुने आयोजक वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेका महिला जनप्रतिनिधिले अनुभव आदानप्रदान गर्ने नगरप्रमुख ढकालले बताइन् ।


उनका अनुसार सम्मेलनमा प्रदेश सरकार, प्रदेशसभा सदस्य, अन्य राजनीतिक दलका महिला नेत्रीहरूलाई सहभागी गराइनेछ ।


Author

थप समाचार
x