राजनीति

टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज

इकागज |
चैत १७, २०८० शनिबार १२:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । 

रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् । 


मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।


Author

थप समाचार
x