राजनीति

प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

इकागज |
चैत २७, २०८० मंगलबार १४:२० बजे

काठमाडौँ- प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।


यसअघि आज सुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

बैठक सुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारबाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोर्याउँदै आफ्नो माग पूरा नभएसम्म संसद् अगाडि बढाउन नदिने बताएको थियो ।


Author

थप समाचार
x