राजनीति

मिटरब्याज पीडितलाई न्याय दिने गरी सरकारले काम गर्छ : गृहमन्त्री लामिछाने

इकागज |
चैत २८, २०८० बुधबार १७:२४ बजे

फाइल फाेटाे

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको बताएका छन् । 

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुग्नुभएका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए । 


लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने काम सुरु भएको बताए । घटना विशेष अध्ययन गरी आयोगले निष्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि उनले आग्रह गरे । 

छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताबिक आफूहरूमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए । पुराना निवेदन उपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्त मिलापत्र गराउने काम भइरहेको भन्दै उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 


Author

थप समाचार
x