राजनीति

'मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लाग्दै सरकार'

इकागज |
चैत ३०, २०८० शुक्रबार ११:४९ बजे

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको बताएकी छिन् । 

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औं अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले मन्त्रिपरिषदबाट पारित गर्दै मिडिया काउन्सिल सम्बन्धी विधेयकलाई सदनमा दर्ता गराउन लागिएको बताएकी हुन् ।​


उनले उक्त विधेयकलाई छिटो भन्दा छिटो सदनबाट पारित गर्न सके अहिले विकास भएका सबै प्रकारका सञ्चारमाध्यमहरूलाई नियमन र प्रोत्साहन गर्न सहज हुने धारणा राखिन् । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरि प्रसारण ऐनलाई पनि समितिबाट पारित गरि संसदमा लैजाने तयारी भइरहेको उनले बताइन् । मन्त्री शर्माले पत्रकारहरूलाई सहज बनाउने गरि मन्त्रालयले विभिन्न निर्णय गरेको र आवश्यक अन्य ऐन कानुनहरू निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

मुलुकका आएका परिवर्तनलाई संस्थागत गर्दै राजनीतिक र अभिव्यक्ति स्वतन्त्रतालाई स्थापित गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । 

उनले समाचारहरू सत्य र तथ्यमा आधारित भएर सरकार र जनताको पुलको रुपमा काम गर्न सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा केही सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो ।


Author

थप समाचार
x