राजनीति

संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्छौँ - प्रधानमन्त्री दाहाल

इकागज |
बैशाख ३०, २०८१ आइतबार १७:५३ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताएका छन् । 

आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्‍चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोही व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्ने गरि समिति बनाउन कांग्रेससँग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरे । 


उनले मंगलबारसम्म संसदको गतिरोध हटाउने विषयमा सहमति हुने दावी गरे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले जिबि राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको टिप्पणी गरे ।

कानुनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको उनले बताए । उनले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको र सोमबार मुख्य सचिवले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बुझाउने जानकारी दिए । 

प्रधानमन्त्रीले प्रचण्डले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामा कुनै समस्या नहुने समेत बताए । त्यस्तै उनले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सबै दलहरुलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफूलाई र आफूले कांग्रेसलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण नभएको धारणा राखे । 


Author

थप समाचार
x