Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

देउवाले बोलाएको विपक्षी दलहरूको बैठक जारी

इकागज |
जेठ ११, २०८१ शुक्रबार १२:१ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बैठक जारी छ ।

नयाँ बानेश्वरस्थित् संसद् भवनमा रहेको कांग्रेस सभापति एवम् दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा सुरु भएको बैठकमा आजको संसद्को बैठकमा कसरी प्रस्तुत हुने र सरकारले जबर्जस्ती संसद्‌ चलाउन खोजेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने भन्नेबारे निर्णय लिने बताईएको छ ।


कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण देखिएको भन्दै संसदीय छानबिन समिति माग गरेको छ । सरकारले छानबिन समिति बनाउने सहमति जनाएको छ । तर, समितिको कार्यदेश बारे सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन सकेको छैन् । 


Author

थप समाचार
x