राजनीति

राष्ट्रियसभा बैठक १ बजेलाई सारियो

इकागज |
जेठ १३, २०८१ आइतबार १२:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११:३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो । 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १:१० बजे बस्ने गरी बैठकको समय निर्धारण गरेका छन् ।



Author

थप समाचार
x