राजनीति

सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा को-को छन् ?

इकागज |
जेठ १५, २०८१ मंगलबार १८:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।

सात सदस्यीय समितिमा एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन् । त्यस्तै कांग्रेसबाट सांसदहरू ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे रहने छन् भने माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहने भएका छन् ।


आजै बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समितिको घोषणा गर्ने छ । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।
 


Author

थप समाचार
x