राजनीति

विपद् बैठक

विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : गृहमन्त्री लामिछाने

इकागज |
जेठ २१, २०८१ सोमबार १७:५२ बजे

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विद्यमान ऐन कानुनका कारण विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।


गृहमन्त्री लामिछानेले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीति नियम सच्चाउन समेत निर्देशन दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कुनै कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन आग्रह गर्दै उनले कानुनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ स्वीकृत गरेको छ ।


Author

थप समाचार
x