राजनीति

पार्टीमा गैरराजनीतिक बहस गर्न छुट छैन : महासचिव पौडेल

बिक्रम खड्का |
मंसिर ११, २०७७ बिहीबार १६:४९ बजे

बुटवल : नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई नभएको बताएका छन्् । पार्टीमा गम्भीर संकट उत्पन्न भएकाबेला एकअर्कालाई खुइल्याउने गरी गैरराजनीतिक बहस गर्न बसैलाई पनि छुट नभएको पौडेलको भनाइ छ । 

पाल्पाको झुम्सा खानेपानी योजनाको शिलन्यास गर्दै पौडेलले जनताले स्थिरता चाहेकोले गैरराजनीतिक बहस गर्नु चिन्ताजनक भएको बताए । उनले नेकपामा बिग्रह भए मुलुकलाई नै हानी पुग्ने जिकिर गरे ।


पार्टीभित्रको अन्तरविरोधको समाधानले देशको विकास, समृद्धि र समाजवादको बाटो समय तय गर्ने बताउँदै सरकार ढल्ने आशंका नगर्न समेत उनले सबैलाई आग्रह गरे । 

बुटवमा खानेपानीे संकट रहेको जनाउँदै अर्थमन्त्री समेत रहेको पौडेलले अब कामअघि बढाइने प्रतिवद्धता जनाए । पौडेलले बुटवलको खानेपानीसँग तिनाउको विकास साट्ने विषय नभएको जिकिर गर्दै तिनाउलाई आफ्नै ढंगले विकास गर्ने बाचा गरे । उनले खानेपानी आयोजनाका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए ।

अर्थमन्त्री पौडेलले सुरुङमार्गको पूर्वाधारका लागि सबै काम पुरा भएको जनाउँदै अब टेण्डरप्रक्रियामा जान लागेको जनाए । उनले सुरुङमार्ग निर्माण र सडकको स्तरोन्नती गरी बुटवल–तानसेनलाई आधा घण्टाको दूरीमा खुम्चाउने दाबी समेत गरे ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x