राजनीति

मार्गप्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह

इकागज |
असार १८, २०८१ मंगलबार ११:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

मंगलबार बिहान बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमतिबारे जानकारी दिँदै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।


उनले कांग्रेससहितका दलको समर्थन आफु प्रधानमन्त्री बन्ने भन्दै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गरेका छन् ।

गएराति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किएको छ । आफ्नो गठबन्धन भत्किएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्नेबारे छलफल गरिरहेको बताइएको छ ।


Author

थप समाचार
x