राजनीति

दुराशयपूर्ण समाचारप्रति दुःख व्यक्त

इकागज |
असार २०, २०८१ बिहीबार २१:३३ बजे

काठमाडौँ- राष्ट्रपतिको स्वकीय सचिवालयले राष्ट्रपतिको हालैको युरोप भ्रमणमा सहभागी राष्ट्रपतिका सुपुत्रलाई जोडेर एक सञ्चारमाध्यममा प्रकाशित समाचार दुराशयपूर्ण भएको जनाउँदै त्यसको खण्डन गरेको छ ।  

'राष्ट्रपति रामचन्द्र पौडेलको गत जेठ २९ देखि यही असार ५ गतेसम्म भएको युरोप भ्रमणमा आफैँ खर्च बेहोर्ने गरी मन्त्रिपरिषद्को निर्णयअनुसार सहभागी हुनुभएका राष्ट्रपतिका सुपुत्रलाई जोडेर भ्रमणप्रति नै नकारात्मक असर पुर्याउने दुराशयले एक सञ्चारमाध्यममा अनर्गल समाचार आएकामा दुःख व्यक्त गर्दै त्यस्तो समाचारको भ्रममा नपर्न आग्रह गर्दछौँ,' प्रेस सल्लाहकार किरण पोखरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ । 



Author

थप समाचार
x