राजनीति

प्रधानमन्त्रीले प्रभु साहलाई अपमानित गर्ने र होच्याउने काम गरे - लेखनाथ दाहाल

इकागज |
फागुन ४, २०८१ आइतबार १९:६ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सांसद प्रभु साहलाई अपमानित गर्ने र होच्याउने काम गरेको बताएका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले चार दिन अघि नै प्रधानमन्त्रीलाई लिखित रूपमा दिएको प्रश्न सोध्दा उल्टै प्रतिपश्न गरेर प्रधानमन्त्रीले सांसद साहलाई होच्याउने काम गरेको बताएका हुन् । 


उनले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने अधिकार सबै सांसदलाई रहेको भन्दै नियमावलीमा रहेर प्रश्न गर्दा प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिलाई त्यसलाई सहज ढंगले जवाफ दिन सक्नुपर्ने उल्लेख गरे । 

त्यस्तै उनले प्रधानमन्त्रीको जवाफमा नियमापत्ति गर्न पाउने अधिकार सांसदलाई रहेपनि सांसद साहलाई बोल्न नदिएको धारणा राखे । उनले सरकार आफ्ना विरोधी प्रति थप निरंकुश हुँदै गएको जिकिर गरे । 

सांसद दाहालले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक पारित नुहुँदै ऐनको कार्यान्वयन प्रधानमन्त्रीले रोष्टमबाटै गरेको टिप्पणी गरे । 


Author

थप समाचार
x