राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि

इकागज |
साउन ५, २०७८ मंगलबार ७:४० बजे

फाइल फोटो

काठमाडौँ - एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्‍ने बैठक आज दिउँसो तीन बजे बस्नेछ । 

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा हिजो जारी बैठककै एजेन्डामा आज पनि छलफल हुनेछ । यसअघि हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


अध्यक्ष केपी शर्मा ओली पक्षका आठ जनासहित २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । 
 


Author

थप समाचार
x