राजनीति

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

इकागज |
असोज १, २०७८ शुक्रबार १५:१२ बजे

फाइल फोटो

पोखरा - नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी खोलेका माधवकुमार नेपाल यही दलमै फर्किने जिकिर गरेका छन् । 

प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।” 


सचिव भटृराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गरे । एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको पनि सचिव भटृराईले बताए ।  

उनले गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको भनिएको आमसञ्चार विधेयकले स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउने भएकाले आफू यसको विपक्षमा उभिने स्पष्ट गरे । 


Author

थप समाचार
x