राजनीति

प्रतिनिधिसभा विघटन गर्ने सिफारिसविरुध्द अनेरास्ववियू कास्कीको प्रदर्शन

इकागज |
पुस ५, २०७७ आइतबार १४:१८ बजे

पोखरा : संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिसविरुध्द सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियू कास्कीले पोखरामा विरोध प्रदर्शन गरेको छ । पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको प्रदर्शन महेन्द्रपुल हुँदै नयाँबजारतिर बढेको छ । 


प्रधानमन्त्री ओलीको प्रस्तावविरुध्द सत्तारुढ संगठनले देशव्यापी प्रदर्शन गर्दैछ । विद्यार्थी र युवा संगठनले काठमाडौंको माइतीघर मण्डलामा तीन बजे विरोध जुलुस निकाल्ने तयारी गरेका छन्। 

याे पनि : दाहाल–नेपाल पक्षधरले देशव्यापी प्रदर्शन गर्दै

 


Author

थप समाचार
x