राजनीति

राप्रपा सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जोशी

इकागज |
कात्तिक २८, २०७८ आइतबार २१:१९ बजे

धनगढी - राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेशको अध्यक्षमा धर्मराज जोशी चयन भएका छन् । पार्टीको कैलालीको धनगढीमा आइतबार सम्पन्न प्रथम भेलाबाट जोशी अध्यक्ष पदमा चयन भएका हुन् ।

भेलाले सहमतिका आधारमा जोशीलाई अध्यक्ष पदमा चयन गरेको पार्टीका केन्द्रीय सदस्य पूर्णबहादुर चन्दले जानकारी दिए । पार्टीको प्रदेश सदस्य पदमा गणेशबहादुर चन्द, ललित जोशी, पूर्णबहादुर चन्द, टेकराज पनेरु, दशरथ जोशी र अशोक मल्ल चयन भएका छन् ।


यसैगरी सदस्य पदमा हर्कबहादुर पाण्डे, छत्रबहादुर भट्ट, केशवराज भट्ट, कैया चैधरी, मकर सिंह धामी, कविता जोशी, दीर्घराज जोशी, भक्तराज भट्ट, इन्द्रकुमार मल्ल, नन्दादेवी शाही, रमेश भण्डारी, ध्वजकुमार रोकाया, जंगबहादुर शाही, रामचन्द्र सुवेदी, उन्त खड्का, हेलन श्रेष्ठ, सञ्जीव भट्ट र अम्बा दत्त पन्त चयन भएका छन् । पार्टीकोे विशेष समितिको संयोजकमा गणेशबहादुर चन्दलाई चयन गरिएको छ ।


Author

थप समाचार
x