राजनीति

निर्वाचन आयोग पुग्यो दाहाल-नेपाल समूह

सरोज बैजु |
पुस ८, २०७७ बुधबार १५:६ बजे

काठमाडौं : नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको पत्र लिएर दाहाल-नेपाल समूह निर्वाचन आयोग पुगेको हो ।

दाहाल-नेपाल समूहले आयोगलाई बुझाएको  पत्रमा ओलीलाई अनुशासनको कारबाही गरेर अध्यक्षबाट हटाएको र वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाएको विवरण उल्‍लेख छ । 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।


थप समाचार
x