राजनीति

एमालेले बहुमत होइन दुई तिहाइ ल्याउँछ : रावल

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १६:२६ बजे

चितवन - नेकपा एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले आगामी निर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेकी छन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत होइन । दुई तिहाइ पाउनेछ,’ उनले भनिन्, ‘चितवन विकास निर्माण, शिक्षा क्षेत्र, स्वास्थ्य उपाचार केन्द्रहरू निर्माणका हिसाबले निकै अगाडि रहेको छ ।’ केपी ओली नेतृत्वको तत्कालीन सरकारले चितवनलाई रामग्राम क्षेत्रका रूपमा पनि विकास गरेको बताइन् ।



Author

थप समाचार
x