राजनीति

एमाले बेरोजगारहरूको पार्टी होइन : ओली

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १७:१ बजे

चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा बेरोजगारहरू नरहेको बताएका छन् । चितवनको नारायणी किनारमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

एमाले सिर्जनशील व्यक्तिहरूको पार्टी भएकाले यसमा बेरोजगारको संख्या नै नरहेको ओलीको भनाइ छ । ‘एमाले बेरोजगारहरू र तास फिट्ने र बाँड्नेहरूको पार्टी होइन,' ओलीले भने, 'एमाले देशबासीप्रति सधैँ चिन्तित रहने पार्टी हो, सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको हो । अब नेपाली सन्ततिले दुःख, अशान्ति, बेरोजगारी, अभाव, बिरामी, रोगी भएर बस्नु पर्ने छैन ।'      



Author

थप समाचार
x