राजनीति

एमाले महाधिवेशन : अस्तव्यस्त ट्राफिक व्यवस्थापनले एम्बुलेन्स पनि जाममा

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १७:६ बजे

चितवन - एमाले महाधिवेशनमा सहभागी भएर फर्केका नेता कार्यकर्ताको अत्याधिक भिडका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायाणी खण्ड अबरुद्ध भएको छ । नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी मानिसहरू राजमार्गमा भेला भएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

सडकमा मानिसहरूको भिड लागेको छ । भिडका कारण निसास्एिर केही बेहोस् भएका छन् भने बिरामी लिएर आएको एउटा एम्बुलेन्समेत जाममा फसेको छ । एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोह चितवनस्थित नारायणी नदि किनारमा भएको थियो ।



Author

थप समाचार
x