राजनीति

कांग्रेस प्रदेश सभा क्षेत्रीय अधिवेशन

धनुषा १ (ख) मा देउवापक्षीय लामा निर्वाचित

सुभाष कर्ण |
मंसिर १०, २०७८ शुक्रबार १७:२५ बजे

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय अधिवेशनअन्तर्गत धनुषा क्षेत्र नम्बर १ (ख) को सभापतिमा ऋषिकेश लामा निर्वाचित भएका छन् । दुई दिनदेखि सहमति जुटाउन प्रयास गरिए पनि अन्ततः निर्वाचनमै जाने निर्णय गरिएको हो । बिहीबार राति सम्पन्न मतदानबाट लामाले २ सय ५७ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी मदन यादवले ५७ मत ल्याएका छन् । 

धनुषा १ (क)बाहेक ४ (ख) मा वासुदेव पौडेल सर्वसम्मत निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत अरूणकुमार ज्ञवालीले बताए । दुई क्षेत्रमा आपसी सहमतिअनुसार निर्विरोध निर्वाचित भएको छ भने ३ (क) र (ख) दुवैमा सहमति जुटाउने प्रयास जारी रहेको छ । यसबाहेक क्षेत्र नम्बर २ को (क) र (ख) तथा ४ (ख) मा पनि मतदानबाट नेतृत्वको टुंगो लगाइने जिल्ला सचिव सन्तोष यादवले बताएका छन् ।


लामा पार्टी सभापति शेरबहादुर देउवा पक्षका पूर्वसांसद आनन्द ढुंगानाको तर्फबाट उम्मेदवार बनेका हुन् भने मदन यादव उपभासपति विमलेन्द्र निधिको पक्षबाट उम्मेदवारी बनेका हुन् । यसअघि क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह निर्वाचित थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x