राजनीति

आफ्नै कार्यकर्ताका कारण जाममा फसे केपी ओली

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १८:९ बजे

चितवन - नारायणी नदी किनारमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट होटल फर्कने क्रममा अध्यक्ष केपी ओली जाममा फसेका छन् । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कने क्रममा उनी टिकौलीमा जाममा फसेका हुन् ।

उनी चढेको गाडी जाममा परेपछि जाम खुलाउन धौ-धौ परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए । शुक्रबार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरू हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका थिए । टिकौली जंगल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ ।


महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । जामकै कारण उद्घाटन समारोहमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि ढीला गरी पुगेका थिए ।


Author

थप समाचार
x