राजनीति

‘सर्वसम्मतिको उपाए खोज्न पदाधिकारीको संख्या थपेर पोलिटब्युरो ब्युँताउने निर्णय भयो’

इकागज |
मंसिर ११, २०७८ शनिबार १४:२१ बजे

काठमाडौँ – नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतिको उपाए खोज्नको भनेपछि पदाधिकारीको संख्या थपेर पोलिटब्यूरो ब्युँताउने निर्णय भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकले सर्वसम्मतिको म्यान्डेट दिएको भन्दै उनले पदाधिकारीमा निर्वाचन हुने सम्भावना नरहेको बताएका हुन् । 
‘त्यो त केन्द्रीय कमिटीको सुझाव भयो, यसलाई महाधिवेशनको बन्द सत्रमा लैजान्छौँ । सर्वोच्च भनेको महाधिवेशन हल नै हो,’ उनले भने, ‘सर्वसम्मतिको बाटो खोल्न सो निर्णय गरेका हौं । हाम्रो प्रयास सहमतिमै टुङ्याउनु पर्छ भन्ने हो ।’ एमालेको १० औँ महाधिवेशन चितवनमा जारी  छ । 



Author

थप समाचार
x