राजनीति

एमाले महाधिवेशनको बन्द सत्र सुरु

इकागज |
मंसिर ११, २०७८ शनिबार १५:३५ बजे

फोटो : शान्‍ता चाैधरीकाे फेसबुकबाट

चितवन - नेकपा एमाले १० औं महाधिवेशनको बन्द सत्र सुरु भएको छ । निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिलो गरेर चितवनको होटल सेभेन स्टरमा बन्द सत्र सुरु भएको हो ।

बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् । बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन् भने विभिन्न मुलुकका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने कार्यसूची छ । बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि कार्यक्रम हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने बताइएको छ ।
 



Author

थप समाचार
x