राजनीति

ओलीलाई धूलो चटाउँछौं : माधव नेपाल

इकागज |
मंसिर ११, २०७८ शनिबार २०:२६ बजे

ललितपुर - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा धुलो चटाउने चेतावनी दिएका छन् । पार्टीको गोदावरी नगर कमिटी घोषणा तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्  ।

ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरूलाई ध्वस्त पार्दै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत भएको उनको आरोप छ । अध्यक्ष नेपालले विद्रोहको जगमा निर्माण भएको एकीकृत समाजवादी पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिस्ट पार्टीलाई गोलबद्ध गर्दै बृहत् कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताए ।


परिवर्तन पक्षधर शक्तिहरूको गठबन्धनले दक्षिणपन्थी गठबन्धनलाई आगामी राष्ट्रिय सभा निर्वाचनबाटै परास्त गर्न सुरु गरेर तिनै तहका निर्वाचनमार्फत पराजित गर्ने ठोकुवा गरेका हुन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा बोल्दै नेपालले एमाले कम्युनिस्ट आन्दोलनको लिकबाट बाहिरिएको बताए । ओलीले विभिन्न शक्तिहरूको डिजाइनमा कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेकोसमेत नेपालको भनाइ छ । 


Author

थप समाचार
x