राजनीति

पार्टीभित्र फरक मत राख्ने अधिकार विधानले दिएको छ : अष्टलक्ष्मी शाक्य

बाबुराम भण्डारी |
मंसिर ११, २०७८ शनिबार २०:५८ बजे

चितवन - नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीभित्र फरक मत राख्ने अधिकार विधानले दिएको बताएकी छन् । एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा नेता भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिने घोषण गरेकोप्रति शाक्यले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट नभई सर्वसम्मतिबाट नै पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यको टुंगो लगाउने बताइरहेका बेला रावलले फरक मत राख्दै आफू अध्यक्षमा निर्वाचन लड्ने घोषणा गरेपछि एमाले वृत्तमा विवाद देखिएको छ ।


‘उहाँ (भीम रावल)ले फरक मत राख्न पाउनुहुन्छ । फरक मत राख्न सबैले पाइन्छ । यो विधानले नै दिएको अधिकार हो । प्रक्रिया पुगेको जसले पनि असहमति राख्न पाउँछ । कसैले उम्मेदवार दिन्छु भन्न पाइने कुरा हो,’ बन्द सत्रमा शाक्यले भनिन् ।

तत्कालीन अवस्थामा एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच विवाद हुँदा रावल र शाक्य नै नेपाल पक्षामा लागेका थिए । तर नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि भने शाक्य र रावलसहित १० जना शीर्ष नेता ओली नेतृत्वकै एमालेमा आएका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x