राजनीति

एमाले महाधिवेशन : पार्क सफारी रिसोर्टमा ४ नेताबीच छलफल

इकागज |
मंसिर १२, २०७८ आइतबार १४:५६ बजे

फाइल तस्बिर

सौराह-  नेकपा अध्यक्ष केपि ओलि निकट ४ नेता अहिले छलफलमा जुटेका छन् । ओलि निकट विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र प्रदीप ज्ञवाली अहिले छलफलमा छन् । 

`नेताहरु अहिले चरणवद्ध छलफलमा हुनुहुन्छ, इश्वर पोखरेल र सुवास नेम्वाङ पनि एकछिन बैठकमा बस्नुभयो,´स्रोतले भन्यो, `उहाँहरु अध्यक्ष ओलिलाई ब्रिफिङ पनि गरिरहनु भएको छ ।´ 


नेताहरु पौडेल र गुरुङ पार्टीमा सहमतीका लागि भन्दै ३ दिनदेखि प्रयासरत छन् । एउटा खाका बनाएर ओलिलाई प्रस्तुत गर्ने उनीहरुको योजना भएको बताइएको छ। ओलि बसिरहेको पार्क सफारी रिसोर्टको कोठा नम्बर ४०१ मा उनिहरु छलफलरत हुन् । पत्रकारहरुलाई रिसोर्टको हलसम्म प्रवेश दिइएपनी त्यसमाथी जान दिइएको छैन । यि ४ नेताहरू क्लस्टर बनाएर छलफल गरिरहेका छन् । पुर्वमाओवादी, युवा, पुराना नेताहरुको क्लसटर बनाएर छलफलरत रहेका हुन् ।


Author

थप समाचार
x