राजनीति

एमालेमा कर्णालीबाट पदाधिकारी हुनुपर्ने युवाको माग

इकागज |
मंसिर १२, २०७८ आइतबार १५:८ बजे

चितवन - नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा कर्णालीबाट प्रतिनिधित्व हुनुपर्ने आवाज उठेको छ । एमालेमा कर्णालीबाट  एक पदाधिकारी हुनुपर्ने भन्दै जारी १० औं राष्ट्रिय महाधिवेशनमा युवाहरूले माग गरेका छन् ।

एमालेनिकट राष्ट्रिय युवा संघका सचिवालय सदस्य एवम् सुर्खेत जिल्ला अध्यक्ष कमल खड्कासहितको टोली यही माग राख्दै सौराहा आएको छ । ‘कर्णालीबाट एमालेमा प्रतिनिधित्व हुनुपर्ने हाम्रो माग हो । यही माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिन ब्यानरसहित यहाँ आएका हौं,’ खड्काले भने ।


संघका सचिवालय सदस्य किरण सापकोटा पनि सौराहा आइपुगेका छन् । उनी फरक क्षमताका हुन् ।  ‘यामलाल कंडेललार्इ सचिव बनाउनु पर्छ भन्ने हाम्रो माग हो । देशभरका प्रतिनिधिसँग कर्णालीलाई न्याय दिनका लागि अनुरोध गर्छौं,’ उनले भने । एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेतासमेत रहेका कँडेल कर्णालीबाट पदाधिकारीका एकल आकांक्षी हुन् ।


Author

थप समाचार
x